• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

सरोगेसीबाट आमा बनिन् अभिनेत्री प्रियंका चोपडा

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छन् । प्रियंका सरोगेसीमार्फत् आमा बनेकी  हुन् । शुक्रबार राति १२ बजे इन्सटाग्राम पोष्ट मार्फत उनले यसको जानकारी दिएकी हुन्। ​

 

सामाजिक सञ्जालमा लेख्दै प्रियंकाले भनेकी छन्, ‘हामीलाई सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ ।

 

हामी यस विशेष अवसरमा  सबैलाई हाम्रो गोपनीयता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं । किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रूपमा केन्द्रित छौं । सबैलाई धेरै धेरै धन्यवाद।’

 

प्रियंकाले २०१८ मा अमेरिकी गायक, अभिनेता र रेकर्ड निर्माता निक जोनससँग विवाह गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार