• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सरकारको प्राथमिकता नागरिकको जीवनको रक्षा : प्रधानमन्त्री देउवा (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

 

वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा शुक्रबार (आज) सम्बोधन गरेका हुन् । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कामकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराएका छन्।

 

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशूल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको उनको भनाइ छ । सरकारले सरकारी अस्पतालको सेवा र पुर्वाधारमा उल्लेख्य सुधार गरेको, भेन्टिलेटर र अक्सिजन प्लान्ट लगायत सामग्रीहरुमा समेत सुधार गरेको उनले बताए ।

 

सरकारको प्राथमिकता नागरिक जीवनको रक्षाका साथै सुशासन र विकास रहेको भन्दै प्रधानमन्त्री देउवाले ६ महिनाको अवधिमा गरेका कामहरुको फेहरिस्त पढेर सुनाएका थिए ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार