• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

अक्षयको ‘बच्चन पाण्डे’ मार्च १८ मा प्रदर्शनमा आउने

काठमाडौं । अभिनेता अक्षय कुमारको फिल्म‘बच्चन पाण्डे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्म मार्च १८ मा प्रदर्शन गरिने भएको छ भने अक्षय कुमार फिल्ममा फरक लुक्समा देखिएका छन् ।

 

साजिद नाडियाडवालाको निर्माणमा तयार भएको फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन । फिल्ममा अक्षयसँगै नायिकाको रुपमा कृति सेननले साथ दिएकी छिन् ।

 

अक्षय कुमारले फिल्मको एक तस्वीर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन । अक्षय कुमारको  'रक्षा बन्धन’ लगायतका फिल्म पनि प्रदर्शनको क्रममा छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार