• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

त्रिभुवन विश्वविद्यालयद्वारा हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित

काठमाडौं । कोरोना संक्रमण बढेपछि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। 

 

 परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।  

 

 ‘सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्व्यापी रुपमा फैलिएको ओमक्रोम भेरियन्तको तीव्र संक्रमणका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।’ त्रिविको सूचनामा उल्लेख छ ।

 

सबै परीक्षाहरु स्थगित

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार