• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
पत्रपत्रिका

स्वास्थ्य निर्देशनालयले पोस्ट गरेको कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीको त्यो तस्बिर

पोखरा । मुलुकभर कोरोना संक्रमित बढिरहेका बेला प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले बुधबार बिहान आफ्नो फेसबुक पेजमा एउटा तस्बिर पोस्ट गर्दै तस्बिर’ लेख्यो– ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं ।’

 

मुलुकभर कोरोना संक्रमित बढिरहेका बेला सरकारले अहिले खोप अभियानलाई तीव्रता दिइरहेको छ । यहीबेला सरकारले बुस्टर डोज पनि सञ्चालन गरिरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको तस्बिर खोप अभियानसँगै सम्बन्धित रहेको भनिएको छ ।

 

माघको महिना । जताततै चिसो । कतिपय ठाउँमा त कठ्यांग्रिदो चिसो र हिउँले जनजीवन नै प्रभावित भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले पोस्ट गरेको खोपको डब्बा बोकेकी स्वास्थ्यकर्मी हिउँमा लड्दै हिँडिरहेको यो तस्बिर अहिले भाइरल भइरहेको छ ।

 

तस्बिरमा एक महिला स्वास्थ्य सामग्री बोकेर हिउँमा लड्दै हिँडिरहेको देखिन्छ । यस्तो कठ्यांग्रिदो चिसो र हिउँको समेत पर्वाह नगरी स्वाथ्यकर्मीहरू आफ्नो पेसामा कतिसम्म दत्तचित्त हुन्छन् भन्ने सन्देश दिन खोजिएको भान हुन्छ ।

 

प्रतिक्रियाको बाढी नै आउन थालेपछि प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले तस्बिर’ थप जानकारीसमेत दिएको छ । तस्बिरमा देखिएकी युवती स्वास्थ्यकर्मी अनमी प्रेमकुमारी केसी भएको र रणसिंहकिटेनी हेल्थपोस्ट स्वाचौं, बाग्लुङमा कार्यरत रहेको सूचना थप गरिएको थियो ।

 

तर, प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले जुन तस्बिर पोस्ट गरेको छ, त्यो तस्बिर अहिलेको होइन । तस्बिर जुन महिलाको हो, तिनै महिलाले यो तस्बिर अहिलेको नभई तीन वर्षअघिको भएको प्रतिक्रियासमेत दिइसकेकी छन् । राजधानी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार