सेन्ट लरेन्सले मनायो २५ औं रजत जयन्ती
काठमाडौं । गुणस्तरीय शिक्षाका लागि ख्याति प्राप्त राजधानीको चावहिलस्थित सेन्ट लरेन्स कलेजले स्थापनाको २५ औं वसन्त पार गरी रजत जयन्ती सम्पन्न गएको छ ।
राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो समारोहमा कलेजमा प्रवेश गरेका नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २५ वर्षको अवधिमा प्राप्त सफलता, असफलता तथा चुनौतिको समीक्षा गर्दै अघि बढ्न कलेज परिवारलाई सल्लाह दिएका थिए ।
कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले आगामी दिनमा अझ स्तरीय कार्यक्रम सहित कलेजले आफे गुणस्तरमा थप ध्यान दिने बताए । कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले राम्रो टिम वर्कका कारण नै कलजेले महत्वपूर्ण सफलता हासिल गरिरहेको जानकारी दिए ।
कलेजका अध्यक्ष केशवप्रसाद दंगालले विद्यार्थी, अभिभावक सहित समस्त शिक्षाप्रेमीहरूको सहयोगले नै कलेजलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाएको धारणा राखेका थिए। कार्यक्रममा अन्य वक्ताहरूले कलेजको प्रगतिको कामना गरेका थिए भने विद्यार्थीहरूले आ–आफ्नै अनुभव सुनाएका थिए ।
कार्यक्रममा विभिन्न संकायका उत्कृष्ट विद्यार्थी तथा शिक्षक शिक्षिकाहरू सहित प्रतिभाशाली पूर्व विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । सेन्ट लरेन्स कलेजले प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चारै संकाय संचालन गरिरहेको छ ।
यी चार संकायमा मात्रै १५ सय ५० विद्यार्थी अध्ययनरत छन्। स्नातक तर्फ त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीएस, बीएसडब्लु, बीएसस्सी। एसआइटी र बीसीएका कक्षाहरू संचालित छन्भने त्रिभुवन विश्वविद्यालयकै सम्बन्धनमा एमबीएसको कक्षा पनि संचालन भइरहेको छ ।
प्लस टु सहित स्नातक र स्नातकोत्तर तहमा गरी २ हजार भन्दा बढी विद्यार्थीले यस कलेजबाट गुणस्तरीय शिक्षा हासिल गरिरहेका छन्। सैद्धान्तिक सहित जीवनोपयोगी व्यवहारिक शिक्षालाई पनि उच्च प्राथमिकता दिँदै आएको कलेजले प्लस टु तथा स्नातक तहमा लगातार उत्कृष्ट नतिजा हसिल गर्दै आएको छ। अतिरिक्त क्रियाकलाप संचालनमा पनि यस कलेज अग्रणी स्थानमा रहेको पाइन्छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस