• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

थ्री स्टारको संकटामाथि रोमान्चक जित  

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले रोमान्चक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले संकटा क्लबमाथि १-० गोलको जित निकालेको हो ।

 

खोलको ९० औं मिनेटमा सन्जोक राईको स्थानमा मैदान छिरेका विजयले इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा गोल गर्न सफल भएका थिए । जितसँगै थ्री स्टारले संकटालाई नै पराजित गर्दै चौथो स्थानमा उक्लदै उपाधिको सम्भावना जीवितै राखेको छ। थ्री स्टारको ९ खेलबाट १६ अंक पुगेको छ ।

 

शीर्षस्थानमा रहेको मछिन्द्रको १९ अंक छ। पराजित संकटा १४ अंक जोडेर पाँचौ स्थानमा झरेको छ। थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ। संकटाले ९ खेलमा १४ अंक जोडेको छ । संकटा पाँचौं स्थानमा झरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार