• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

पञ्चकन्या माई हाइड्रोपावरको साधारणसभा सम्पन्न

 

काठमाडौं ।पञ्चकन्या माई हाइड्रोपावरको चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाबाट ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिला समेत) सञ्चालक निर्विरोध चयन भएका छन् ।

 

संचालक सदस्यहरुमा संस्थापक शेयर धनीको तर्फबाट प्रेम बहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । 

 

कम्पनीको आ.व. २०७५/०७६ र आ.व. २०७६/०७७ को लेखापरीक्षण एन.ए.आर.एस. एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज लामिछानेले र आ.व. २०७७/०७८ को डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र कुमारले तयार पारेका थिए । यी सबै प्रतिवेदन सर्वसम्मतीबाट स्वीकृत भएका छन् । 

 

कम्पनीको आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्न डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउण्टेन्ट दिपेन्द्र कुमारलाई लेखा परीक्षक नियुक्त गरेको छ ।

 

कम्पनीको संचालकहरुको निर्वाचन गर्न विश्वजय पुडासैनीलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको थियो । सभामा सनराइज क्यापिटल लिमिटेडबाट विजय लाल श्रेष्ठ र कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट उप–रजिष्ट्रार हरि प्रसाद अधिकारीको समेत उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार