बुटवलको एक डान्स क्लबमा आगलागी हुँदा ५ करोड क्षति
बुटवल । बुटवल मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगो लागेको छ ।
शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोड क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सञ्चालनमा आउनु भन्दा एक दिनअघि आगलागी भएको हो ।उद्घाटनको तयारीमा रहेको डान्स क्लबका भित्री सामान जलेर नष्ट भएको प्रहरीको भनाई छ । बुटवल र तिलोत्तमाका दमकलले २ घण्टामा आगो नियन्त्रणमा लिएको हो ।
प्रतिकृया दिनुहोस