• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त

काठमाडौँ । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गते देखि श्रेष्ठले पदभार ग्रहण गर्ने छन । 

 

 श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत हुन । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनी  हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २०वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन ।

 

श्रेष्ठ संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा परिचित छन  ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार