• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६४ हजार बढि संक्रमित थपिए, ३१५ जनाको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६४ हजार संक्रमित थपिएका छन् । 

 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र रुपमा बढेको हो । भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित छन् ।

 

पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् । भारतमा हालसम्म ५ हजार ७५३ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार