• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

पाल्पा सिमेन्टको सहकार्यमा सुष्मा कोईराला मेमोरियलले १८ वर्ष मुनिका जलन पीडितको निःशुल्क उपचार गर्ने

काठमाडौं  । सुष्मा कोईराला मेमोरियल अस्पतालले देशभरका १८ वर्ष भन्दा मुनिका एसिडलगायत जलनबाट पीडितहरूको निःशुल्क उपचार गर्ने भएको छ ।

 

पाल्पा सिमेन्ट इन्ड्रष्टिजसँगको सहकार्यमा अस्पतालले निःशुल्क उपचार सेवा प्रवाह गर्ने भएको हो । सहकार्यसहितको उपचारका लागि अस्पताल र सिमेन्ट कम्पनीबीच सम्झौता समेत भइसकेको छ ।

सम्झौतामा एसिडलगायत जलनबाट पीडितको निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रूपैयाँ सहयोग उपलब्ध गराउने उल्लेख छ ।


 

सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकद्वय विष्णुकुमार अग्रवाल र राजेशकुमार अग्रवाल तथा अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र पीडितका लागि सहयोग उपलब्धा गराउन सक्रिय उज्वलविक्रम थापाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात पाल्पा सिमेन्टले अस्पताललाई उपलब्ध गराउने उक्त रकमबाट पीडितको निःशुल्क उपचार हुने बताइएको छ ।

 

२५ वर्षअघि स्थापना भएको काठमाडौंको साँखुस्थित सुष्मा कोईराला मेमोरियल अस्पतालले जलेर अपाङ्ग वा अङ्गभङ्ग भएका १८ वर्ष भन्दा मुनिकालाई अपाङ्गरहित जीवनयापनमा सहज होस् भनेर निःशुल्क उपचारका लागि पाल्पा सिमेन्टसँग सहकार्य थालेको जनाएको छ ।

 

आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य उपचारबाट बञ्चितहरूलाई यो सहकार्यले मद्दत गर्ने पाल्पा सिमेन्ट इन्ड्रष्टिजले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार