• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो साता दिनहुँजसो कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै  ५ हजार ८७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५६० वटा नमुना परीक्षणमा ५०८७ मा संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार कोरोनाबाट देशभर ३ सय ६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हाल ११५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  १८ हजार २३५ रहेको छ  । 


यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१३  पुगेको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार