• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’ मा स्वस्तिमा खड्काको अभिनय

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको चेलिबेटी बेचबिखनलाई रोक्ने जागरणले भरिएको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ ।

 

 एक कार्यक्रमकाबीच बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वागमति प्रदेशको पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापाले एकसाथ गीत सार्वजनिक गरे ।आचार्यको आफ्नै शब्द र स्वरले भरिएको गीतमा किरण तुलाधरको संगीत संयोजन रहेको छ ।

 

 बिहीबार सार्वजनिक गरिएको गीतमा सार्वजनिक स्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार र चेलिबेटी बेचबिखनको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ ।सुशील सापकोटाको छायांकन र सुरक्षा पन्तको पटकथामा भिडियो निर्माण भएको हो ।

 

भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ ।

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार