• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
विचार

कांग्रेसले आफ्नो मुख्य आदर्शमा देशलाई हिडाउन सकोस्

तीन तहको निर्वाचन नजिकदै छ, प्राय सबै राजनीतिक दलहरु कानुनी रुपमा आफ्नो बैधता देखाउन महाधिबेसन गरिरहेका छन् । नेपालका तीन ठुला दलहरु नेकपा एमाले, माओवादी र नेपाली कांग्रेसले भर्खरै महाधिवेशन सम्पन्न गरेका छन् । नेपालको संबिधानले प्रष्ट रुपमा बहुलबाद भनौ या समाजमा एक भन्न्द बढी विचारलाई स्विकार गरिसकेकोले कम्यूनिष्ट वा कांग्रेस सबैलाई राजनीतिक दलहरुको लोकतान्त्रिक प्रक्रिया नाप्ने खुड्किलो तहगत महाधिवेशन सम्पन्न गर्नु अपरिहार्य रहेकोले यो सम्पन्न गरेका छन् । नेपालको अस्तित्वमा रहेको सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेस जसले प्रतिपादन गरेको मुल विचार र सिद्धान्तः राष्ट्रियता, लोकतन्त्र र समाजवाद संबिधानमा नै लिपिबद्ध छ । नेपाली कांग्रेसले कम्यूनिष्ट विचार धारा भएका जुन मुलत एक दलियमा विश्वास गर्छन तिनीहरुलाई पनि समाजमा विविधता या बहुलता हुन्छ भन्ने मान्यता स्विकार गर्न नयाँ संविधानको मुल प्रस्तावनाले वाध्य पारेकोछ भलै यो संबिधान निर्माणका एक महत्वपुर्ण हिस्सा उनिहरु पनि रहेका छन् । २००७ साल २०१५ साल २०४६ साल र २०६३ साल सधै नेपाली कांग्रेसले आफ्नो मुख्य आदर्शमा देशलाई हिडाउन सकेकोछ तर आफ्नो मुलभूत सिद्धान्तको जितमा पनि राज्यलाई सहिबाटोमा डोराउन सकेको छैन् ।

 

इतिहासमा अतुलनिय कार्य गरेको तथा नेपालको मुख्य लोकतात्रिक शक्ति भएकाले नेपाली कांग्रेसको १४  महाधिबेसन देश तथा विदेशमा  पनि सर्वाधीक चासोका साथ नेपालीले हेरिरहेका थिए। महाधिवेशन नेतृत्व परिर्वतन मात्र नभएर पार्टीको निति बनाउने थलो पनि हो । नेपाली कांग्रेसले १४ महाधिवेशनले न  नेतृत्व परिर्वतन गर्न सक्यो न पार्टीको आगामी निति तथा कार्यक्रम बनाउन सक्यो। पार्टीलाई स्पष्ट नेतृत्व र विचार दिन सक्नेलाई वडा, नगर वा क्षेत्रबाट प्रतिनिधि हुन रोक्न राज्यको सम्पुर्ण अगं स्रोत शक्ती पनि प्रयोग भयो । वडा, नगर वा क्षेत्रमा गुट÷उपगुट, जातियता, क्षेत्रियता धन र बलको भरपुर दुरुपयोग गर्दै आफ्ना भजन मण्डली र भक्तहरुलाई मात्र प्रतिनिधि बनाउदै पार्टीको तल्लो ईकाइलाई मृत तुल्य बनाईयो ।

 

तामझाम पुर्ण निर्वाचन प्रचारप्रसार, पट्यार लाग्दो मतगणना, प्रतिस्पर्धीहरुलाई  भोट संख्या गन्दा ४ धर्को १ क्रस को सट्टामा निद्राको मौका छोपेर ५ धर्को १ क्रस गरेर हार जित गराउने, उमेदवारका प्रतिनिधी नहुँदा गणकहरुको मनोमानिले निर्वाचितहरु वस्तविक कार्यकताहरुको रोजाई हुन कि होइनन् शंकागर्ने प्रशस्त आधारहरु दिएको छ । विज्ञानको अभुतपुर्व विकास भएको यस युगमा पनि परम्परागन निर्वाचन पद्धतीले हामीलाई गिज्यायीरहेको आमजनमानसलाई आभास भईरहेकोछ । महाधिवेसनलाई आम कार्यकर्तामा उत्साह, जनतामा नयाँ सञ्चारको बिधि विधानमा छलफल, राष्ट्रीय राजनीतिको नयाँ गोरेटो निमाण गर्नुको सट्टा पार्टी र राज्यको माथिल्लो तह ओगटेर प्राकृतिक स्रोतको दोहन गर्ने र त्यहि धनबलमा पार्टी कब्जागर्ने वर्गको हातमा पार्टीको चाबि सुम्पने प्रक्रियाको अनुमोदन गर्ने नाटक स्थल बनाउने प्र-पञ्च रचियो। आधुनिक नेपालको इतिहासमा जनता लाई अधिकार सहितको राष्ट्रीयता, जनअनुमोदनबाट शासक चुन्ने प्रजातन्त्र (लोकतन्त्र) राज्यको अन्तिम पङ्तीमा रहेकाको पनि उदय हुने भावना बेक्ने समाजबादको प्रथम विगुल फुक्ने चिन्तक लेखक जननायक विश्वेश्वरप्रसाद कोइराला विगतमा नेतृत्व गरेको तथा हजारौ शहिदहरुको बलिदानबाट सिंचित नेपाली कांग्रेस पार्टी आज विचार शुन्य हुनु सुखद भविष्यको शुरुवात मान्न सकिने अवस्था रहेन ।

 

सुकिला-मुकीला हावी हुदाँ कार्यकर्तालाई बिद्रोह गर्ने अधिकार हुन्छ भन्ने विश्वेश्वरप्रसाद कोइरालाको अभिब्यक्ती सार्थक बनाउन असल कार्यकर्ता गोलबद्ध हुने समय आईसकेको छ । काग्रेस धमिलो हुदाँ देश धमिलो भएको इतिहास साक्षी छ, अब शुद्धीकरण नगरे न त विश्वेश्वरप्रसाद कोइराला प्रति न त देशको लागी प्राण आहुती दिने शहिदहरु प्रति सम्मान हुनेछ।

 

काठको मुढोमा ताप रहेसम्म आगोको आशा रहेजस्तो विकृतीहरुका बिचमा पनि केही युवा केही विचारकहरुले स्थान बनाएका छन्, पार्टी र जनताको हितमा आवाज उठाउने जिम्मेवारी उनीहरुको काँधमा रहेको छ। पार्टीलाई युग पुरुष विश्वेश्वरप्रसाद कोईरालाको असल कार्यकर्ता हुन गर्व गर्न सक्ने बनाउने देश समृद्ध बनाउने, भ्रष्टचार उन्मुलन गर्ने, समाजका विकृती  विसंगती अन्त्य गर्ने जिम्मेवारी र नेतृत्व कांग्रेस जनले गर्नुपर्नेछ । ठुलो मान्छे होईन असल मान्छे हुन शिक्षा दिने विपि कोइरालाका कार्यकर्ताले भेदभाव रहित ढंगले सत्यलाई समर्थन असत्यलाई बिरोध गर्ने हैसियत राख्नुपर्नेछ । मुल धमिलो भएपछी शाखा सबै धमिलिन्छ, सदाचार र इमान्दारीता केन्द्रबाट देखाउदा हागाँविगा स्वत परिर्वतित हुनेछन, आशा छ नयाँ नेतृत्व विगतको कमजोरी बाट पाठ सिक्दै नेपाललाई अधिकार सहितको समृद्धीको दिशातर्फ अग्रसर गराउने र नेपालीलाई विश्वभर सम्मानित बनाउन लाग्ने छ   । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार