• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न

 काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा पौष २९ गते आज बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको छ ।


उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ८.०० प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनकोलागि चुक्तापूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमापारित गरेको छ । सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्तापूँजी ११ अर्ब १३ करोड ९६लाख ७८ हजार १४पुग्ने भएको छ ।

 

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८÷७९को लेखापरीक्षण कार्यकालागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।


बैंकले आर्थिक वर्ष २०७७÷७८मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी रू. ९८अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ ।

 

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १३७शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवाप्रदान गर्दै आएको छ । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार