• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन खतरनाक भाइरस भएको डब्ल्युएचओको दावी

 काठमाडौं । कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि 'खतरनाक भाइरस' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन् ।

 


ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस  हो तर  विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ,टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा उक्त कुरा बताएका छन् । उनले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन् ।

 

९० देशले अझै ४० प्रतिशत लक्ष्यमा पुग्न सकेका छैनन् र तीमध्ये ३६ देशले आफ्नो जनसंख्याको १० प्रतिशतभन्दा कम खोप लगाएका छन्  ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार