धादिङमा बाटो खन्दैगर्दा पहिरोले डोजर पुरियो, ३ जना बेपत्ता
धादिङ । धादिङमा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा ३ जना बेपत्ता भएका छन् ।रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरोले डोजर पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिएका छन ।
चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन । खोज र उद्धारका प्रहरी टोली परिचालन भएको सिंहले बताएका छन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस