• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

विजयको स्वर र दिपकराजको संगीतमा 'ओके छ त' सार्वजनिक

काठमाडौं । गायक विजय शंखर र उनकी छोरीको प्रस्तुतिमा रहेको म्युजिक भिडियो 'ओके  छ त'  सार्वजनिक भएको छ ।

 

प्रेमिल शैलीमा आधारित यस गीतमा गायिका सुदिता राई र गायक विजय शंखरको स्वर सुन्न सकिन्छ।  गीतलाई गायक विजय शंखर र मुनाल शिशिर कोइरालाले सयुक्त रुपमा लेखेका हुन्।  दिपकराज बिश्वकर्माले संगीतवद्ध गरेको यस गीतलाई कुशल सिंहले संगीत संयोजन गरेका हुन्।

 

भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा सुधिर श्रेष्ठ र सुनिशा बजगाईं फिचर्ड छन्।  मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई 'ड्याडी एण्ड डटर्स'  नामक च्यानल मार्फत सार्वजनिक गरिएको छ ।  

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार