• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

अर्थतन्त्र प्रभावित हुने गरी पुन: निषेधाज्ञा गर्न नहुने अर्थमन्त्री शर्माको जोड

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ को पहिलो र दोस्रो लहरले शिथिल बनेर भर्खर सुधारोन्मुख रहेको अर्थतन्त्रले फेरि अर्को निषेधाज्ञा थेग्न नसक्ने बताएका छन् ।

 

 बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै आज (सोमबार) अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।‘सामान्य अवस्थामा राम्रो मुनाफा गर्नु अपराध होइन, नाफा व्यवसायको धर्म नै हो,’ उनले भने, ‘तर, मुलुक अप्ठेरो अवस्थामा रहेको बेला पनि नाफा खोज्नु भएन । अप्ठेरो अवस्थामा सबै मिलेर राष्ट्रलाई जोगाउनुपर्छ ।

अब अर्थतन्त्र प्रभावित नै हुने गरी पुनस् निषेधाज्ञा गर्न नहुनेमा शर्माले जोड दिएका छन । कोभिड सङ्क्रमण बढ्दै गएकाले फेरि निषेधाज्ञा हुने हल्ला चलिरहेका बेला अर्थमन्त्रीबाट उक्त अभिव्यक्ति आएको हो ।

 

एउटै व्यक्ति बैङ्क तथा वित्तीय संस्थाका मालिक र उद्योगी व्यवसायी रहनु पनि वित्तीय क्षेत्रको ठुलो समस्या भएको उनले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार