• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौं । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

 

सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

 

सीसीएमसीसीकै सिफारिस अनुसार विद्यालय बन्द हुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकरी दिए। कोरोनाको संक्रमण बढेपछि आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार