• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको अवस्थालाई मध्यनजर गर्दै मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

 

सीसीएमसी प्रवक्ता सुनिता नेपालले यस्तो जानकारी दिएकी हुन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जानकारी उनले दिइन् । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न समेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उनले बताइन ।

 

यस्तै माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमा नाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार