• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

पूर्व अध्यक्ष कमल थापाले गरे 'राष्ट्रिय एकता अभियान' स्थगित

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफ्नो 'राष्ट्रिय एकता अभियान' स्थगित गरेका छन्।


पुस २७ गते (पृथ्वी जयन्ती)को अवसर पारेर थापाले अभियान सुरु गर्ने घोषणा गरेका थिए। तर, राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुले अहिलेका लागि अभियान रोक्न सुझाव दिएकाले सोहीअनुसार अभियान स्थगित गरिएको थापाले  जानकारी दिएका छन्। 

 

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, '(पौष २७ ९गते) सुरु गर्न लागिएको राष्ट्रिय एकता अभियानु केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ,'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार