• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

हिउँमा रमाउन गएका २२ जनाको मृत्यु, सयौँ पर्यटक अलपत्र

काठमाडौं । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका कम्तीमा २२ जनाको मृत्यु भएको छ।मरी नाम गरेको ठाउँमा हिमपात हेर्न जान लागेका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन्।

 

स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका भएको बीबीसी उर्दूले जनाएको छ। २२ वटा शव इस्लामाबाद र रावलपिन्डी लगेर मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ।अधिकांश मृतकहरू हिउँमा फसेका चारवटा गाडीमा थिए।

 

स्थानीयवासीहरूले त्यहाँ फसेका पर्यटकलाई ओढ्ने र खाना उपलब्ध गराएका छन्।प्रधानमन्त्री इमरान खानले पर्यटकहरूको "दुःखद मृत्यु" प्रति शोक व्यक्त गरेका छन्।समुद्र सतहबाट २,३०० मिटरमा रहेको स्थानसम्म पुग्न सकेका मानिसलाई सरकारी भवन र विद्यालयहरूमा आश्रय दिइएको छ।

 

ज्यान गुमाउनेमा इस्लामाबादमा कार्यरत एक प्रहरी अधिकृत र उनको परिवारका आठ जना छन्।त्यसैगरी मार्दनबाट आएका चार नातेदार र अर्को परिवारका सात जनाको पनि मृत्यु भएको छ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार