• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

ओलीलाई देउवाको प्रस्ताव,संसदमा जारी अवरोध हटाउ र एमसीसी अनुमोदन गरौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संघीय संसदमा जारी अवरोध हटाउन र एमसीसी सम्झौता अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

 

शनिबार एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट (भक्तपुर) पुगेका प्रधानमन्त्री देउवाले संसदको अवरोध हटाउन र एमसीसी सम्झौता पास गर्न आग्रह गरेका हुन्।

 

ओलीले जवाफमा जे कारणले आफूहरुले संसद अवरुद्ध गरेको हो, त्यसबारे केही सम्बोधन भएको छैन। त्यसैले अवरोध यथावत रहन्छ भनेका छन्। एमसीसीबारे सत्ता पक्षले नै औपचारिक रुपमा केही नभनेको उनको भनाइ छ । सत्ता पक्षले औपचारिक रुपमा नबोलेकाले हामीले केही भनिरहनु परेन ।

 

गत विहीबार बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो,भने आज प्रधानमन्त्री देउवा एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार