• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन : पूर्व अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले आफू निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नरहेको  बताएका छन् ।

 

'राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दा माथी बस्न नचाहने स्पष्ट संकेत मिलेको छ। मेरो समस्या र पिडा त्यही हो।'

 

उनले आफू पार्टीबाट कुनैदिन नैतिक आधारमा अलग भएपनि राप्रपाकदापि नफुटाउने बताएका छन् । ‘स्पष्ट होस् विचार मिलेन भने पार्टीबाट कुनै दिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन,’ थापाले भनेका छन्।

 

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’ बोकेर हिँड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीतिभन्दा माथि रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुँदैन भन्दा मेरो खेदो खनिरहेका छन्। हाँसो र उदेक लाग्छ। त्यो राजतन्त्रप्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन,’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार