• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

टिकाको संगीत र बिक्कीको स्वरमा 'एकै नजरमा' सार्वजनिक

काठमाडौं । संगीतकार टिका दाहालले आफ्नो बिल्कुलै  नयाँ सांगीतिक सौगात 'एकै नजरमा'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  

 

उनको नयाँ  गीतमा स्वर भोइस अफ नेपालको मञ्चबाट परिचित गायक बिक्की परियारको रहेको छ । प्रेमिल भाव बोकेको गीतमा शब्द बिष्णुबाबु  देवकोटाको  रहेको छ। राहुल प्रधानको  संगीत संयोजन रहेको छ। कालिञ्चोक वरपर छायाँकन गरिएको भिडियोमा  बिकाश लामिछाने र बिना राउत बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

 

बुद्ध थापाले खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। संगीतकार दाहालको आधिकारिक च्यानल ुटिका दाहाल म्युजिकु मार्फत भिडियो सार्वजनिक भएको हो।

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार