• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
पत्रपत्रिका

१० प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका लघुवित्त मर्जरमा जानुपर्ने

काठमाडौं ।बैंक तथा वित्तीय संस्थाहरूको १० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरू अब अनिवार्य रूपमा मर्जरमा जानुपर्ने भएको छ ।


नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन संशोधन गर्दै क्रसहोल्डिङ भएका संस्थालाई २०७९ असारसम्ममा मर्जरका लागि कार्ययोजना बनाउन निर्देशन दिएको हो । निर्देशनमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्था अनिवार्य मर्जरमा जानुपर्नेछ ।

 

यसैगरी बैंक तथा वित्तीय संस्थाको एकभन्दा बढी वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्था पनि मर्जरमा जानुपर्ने प्रावधान तोकिएको छ । मर्जरका लागि असार मसान्तसम्ममा राष्ट्र बैंकमा कार्ययोजना पेस गर्न समेत निर्देशन दिइएको छ ।


राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनुपर्ने व्यवस्था गर्ने घोषणा गरेको थियो । उक्त घोषणाअनुसार राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरेको हो ।


लघुवित्त वित्तीय संस्थाहरूको संख्या बढी भएसँगै कर्जामा दोहोरोपना र अस्वस्थ प्रतिस्पर्धा बढेपछि राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नयाँ लघुवित्तको अनुमतिपत्र प्रदान गर्ने बन्द गर्ने घोषणा गर्दै फोर्स मर्जरको नीति लिएको थियो ।


यसअघि नै राष्ट्र बैंकले निर्देशन जारी गर्दै लघुवित्त संस्थालाई राष्ट्रिय वा प्रादेशिकस्तरमा सञ्चालन हुनुपर्ने, त्यसका लागि आवश्यक पुँजी जुटाउन हकप्रद सेयर जारी गर्न नपाइने व्यवस्था गरेको छ ।राष्ट्र बैंकले लघुवित्त संचालनमा कडाइ गर्दै गएपछि लघुवित्त संस्थाहरू मर्जरको क्रम पनि बढ्दै गएको छ ।कारोबार 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार