• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

मनाङ शीर्ष स्थानमा

काठमाडौं । घरेलु मैदानमा बिग्रेड ब्वाइज क्लब माथि १–० को जित निकाल्दै मनाङ मस्र्याङदी क्लब ‘सहिद स्मारक ए डिभिजन लिग’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

 

पोखरा रंगशालामा शनिबार ब्रिगेड ब्वाइज क्लबलाई १(० गोल अन्तरले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्टले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

 

ब्रिगेड भने पेनाल्टीमा गोल गर्न नसक्दा पराजित भएको हो । ब्रिगेडका शिशिर लेखीले खेलको १७ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।मनाङ आदित्य चौधरीले पेनाल्टी बक्समा लेखीलाई लडाएपछि पाएको पेनाल्टी अवसरमा उनले पोस्ट भन्दा माथि प्रहार गरे ।

 

घरेलु मैदानमा मनाङले आफ्नो स्वभाविक खेल प्रस्तुत गर्न नसक्दा खेल अवधिभर दबाबमा परेको थियो । ब्रिगेडले दोस्रो हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन ।

 

मनाङ ब्रिगेडसँगको खेल जित्नै पर्ने दबाबमा थियो । एएफसी कपमा सहभागिता जनाउने आफ्नो गणितीय सम्भावना कामयै राख्नसमेत आजको खेल जित्नै पर्ने दबाब थियो मनाङ । लिगको छैटौँ चरणको खेलमा मछिन्द्र फुटबल क्लबसँग पराजित भएपछि मनाङको एएफसी कपमा छनोट हुने सम्भावना कमजोर बनेको थियो ।

 

ब्रिगेडसँँगको खेलपछि मनाङ १६ अङ्कसहित लिगको अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । मनाङभन्दा एक खेल कम खेलेको मच्छिन्द्र फुटबल क्लब १४ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार