• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

नेता क्लब

हाम्रो देशको नेता क्लबमा छैन उमेर हद
जती ज्येष्ठ भएपनि ओगटिन्छ पद 

 

स्वास्थ राम्रो नभएनी चलाइन्छ शासन
सक्या बेला दिए भैगो दुइ–चार कडा भाषण      

 

कार्यकर्ता परिचालित बाधाविरोध रोक्न
आदेशमुखी पुलिस जत्था विरोधीलाई ठोक्न 

 

हातमा उर्जा बजेटको आफुखुसी मस्त  
स्वविवेकको बितरण पूरै छरपष्ट  

 

आसेपासे अनुदान अनेकथरी हण्डी 
योगदान हिजो भाँच्या सडक बारको डन्डी 

 

गरीबमुखी बजेटको संकेत पाउँनै गाह्रो 
पार्टी निकट मनोमानी सर्प पाल्ने प्यारो 

 

सियो देखी फालिसम्म अनुदानको आशा
पार्टी पङ्गती थुम्थुम्याउँने नेता क्लब तमासा

 

मन चाहेमा गर्‍या वाचा भुल्न पनि छुट 
सरकार चल्दा एउटै पीर नहोस पार्टी फुट 

 

अङ्कगणित घोकीघोकी गुड्या सत्ता रथ
बेथितीमा आँखा चिम्म नेता क्लबको पथ ।।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार