बाग्मती प्रदेश स्तरीय मौलिक नेपाली बाजा प्रशिक्षण २०७८ शुभारम्भ
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, संगीत विभागले मौलिक नेपाली बाजा संरक्षण,संबर्द्धन, प्रबर्द्धनका लागि मौलिक नेपाली बाजा प्रशिक्षण २०७८शुभारम्भ गरेको छ । साथै दक्ष नेपाली जनशक्ति तयार गर्ने दीर्घकालीन योजनाका साथ काठमाडौ र ललितपुरका विभिन्न संस्थाहरूले स्थानीय व्यवस्थापन गर्ने गरी नेपाली बाजा प्रशिक्षण शुभारम्भ गरेको हो ।
करिब १२० जना प्रशिक्षार्थी सहभागी हुने कार्यक्रममा सारङ्गी र बासुरी जन सांस्कृतिक प्रतिष्ठान, बागबजारस साकेला ढोल किरात राई यायोक्खा, कोटेश्वरस च्याब्रुङ किराँत याक्थुङ चुम्लुङ, ललितपुरस ढम्फु र टुङ्ना नेपाल तामाङ सस्कृति घेदुङ, बौद्ध तथा धिमे ज्याथा पंचदान गुठी प्रजापति खलस्ज्याथामा प्रशिक्षण हुनेछ।
सङ्गित विभाग प्रमुख तथा कार्यक्रम संयोजक प्राज्ञ अशोक राइका अनुसार प्रशिक्षक भरत नेपाली, यासेली योङहाङ, भरत बुडाथोकि, गोपाल देब घतानी, दिपेश राई, नरेस प्रजापति, छेवङ तेन्जिङ लामाले प्रशिक्षार्थीहरूलाई विभिन्न वाद्यवादनको प्रशिक्षण दिने छन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस