• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

फिल्म ‘कठपुतली’ को ट्रेलर रिलिज

काठमाडौ ।   हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ । केही दिनमा फिल्मको दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने तयारीमा निर्माण टीम रहेको छ ।



आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । निर्देशक लामा लण्डन र निर्माता मगर हङकङमा भएकाले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उपस्थिति हुन सकेनन् । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन्।



फिल्मका कलाकारदेखि लेखिका सम्पदा मल्लसम्मले ट्रेलर रिलिज कार्यक्रममा मास्क लगाएर प्रवेश गरेका थिए । फिल्मकी कार्यकारी निर्माता समेत रहेकी मल्लले फिल्म हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ ।’ फिल्मले भूत प्रेत, तन्त्र मन्त्रको कथा भन्नेछ ।



त्यस्तै, कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन् । फिल्मले नारीलाई सशक्त रुपमा प्रस्तुत गरेको उनको भनाई छ । उनी ‘कठपुतली’ लाई महिलाहरुको कथा भन्न पनि रुचाउँछिन् । नायक कर्माले हरर जनरामा यो फिल्मले एउटा इट्टा थप्नेमा विश्वास व्यक्त गरे । फिल्मको कथा बलियो भएकाले नै आफू आबद्ध भएको उनले बताए ।



लामो समयपछि अभिनयमा फर्किएकी उषा रजकले पहिलो पटक हरर फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले अहिलेसम्म हरर फिल्म समेत नहेरेको बताउँदै आफूलाई भुत प्रेतप्रति विश्वास रहेको बताइन् ।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’ को सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल फिल्ममा बजार ब्यवस्थापकको रुपमा जोडिएका छन् ।

 

ट्रेलर :

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार