थप २ सय ८० जनामा कोरोना पुष्टि, ९७.८ प्रतिशत संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, आज थप ३६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै निको हुने दर ९७.८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५५७ पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस