• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

गुट उपगुटको सिकार हुँदा सभापतिमा परजित भए पनि पार्टी निर्माणमा लाग्ने प्रतिबद्धता

 काठमाडौं । नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले पराजित भए पनि कर्णालीमा कांग्रेसलाई बलियो बनाउने अठोट कायमै राखेको बताएका छन्।प्रदेश १ का सभापतिका प्रत्यासी गुरुराज घिमिरे अन्तिम नतिजा आउँदा जम्मा २ मतले पराजित हुन पुगेका थिए ।

 

लोकप्रिय नेता गुरुराज घिमिरे र युवा नेता भुपेन्द्रजंग शाहीले प्रदेश सभापतिमा पराजित हुनुपर्यो ।  नेता शाही १२५ मतले पराजित हुन पुगे । कांग्रेस रुपान्तरणको विषय उठिरहँदा वैचारिक नेताको छवि बनाएका घिमिरे र हालै मात्रै कांग्रेस रुपान्तरणको लागि ३० वुंदे प्रस्ताव सार्वजनिक गरेका शाही पराजित भए ।

 

 नेता शाहीले  जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ,‘मैले सुदृढ कांग्रेस र समृद्ध कर्णाली बनाउने सपना बोकेर कर्णाली प्रदेश सभापतिका लागि निर्वाचनमा भाग लिएको थिएँ, यो प्रक्रियामा मेरो पराजयलाई पनि स्वभाविक रूपमा लिएको छु।’

 

  'यो चुनौतीलाई सामना गर्न अबको दिनमा नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने अवस्था छ । यस अभियानमा प्रदेश कार्यसमितिमा विजयी भएका साथीहरू भन्दा अझै बढी सक्रिय भएर संगठन गर्ने अठोट गरेको छु।'

 

कांग्रेस गुट उपगुटको सिकार हुँदा सभापतिमा परजित भएका दुवै नेता घिमिरे र शाहीले पराजीत मानसिकता त्यागेर अगाडि बढ्ने र पार्टी निर्माणमा लाग्ने उल्लेख गरेका छन । घिमिरेले  कांग्रेसभित्र निष्ठाको राजनीति र विचारको बहस गर्ने नेताको छवि बनाएका छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार