• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
बिश्व

कोभिड खोपले ओमिक्रोन भेरियन्ट विरुद्ध काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओको) भनाई

काठमाडौं । कोभिड विरुद्धका खोपहरूले नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।

 

दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरियन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएको विवरणपछि डब्ल्यूएचओले यस्तो भनेको हो।

 

तर ओमिक्रोन भेरियन्टमा खोपको असर अन्य भेरियन्टको तुलनामा कम हुने कुनै सङ्केत नदेखिएको डब्ल्यूएचओका डा.माइक रायनले बताएका छन्।

 

'हामीसँग अत्यधिक प्रभावकारी खोपहरू छन् जुन गम्भीर रोग र अस्पताल पुर्‍याउने सन्दर्भमा हालसम्मका सबै भेरियन्ट विरुद्ध प्रभावकारी देखिएका छन् र (ओमिक्रोन विरुद्ध) त्यस्तो नहुने आशा गर्नुपर्ने कुनै कारण छैन,' डब्ल्यूएचओको आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक रायनले समाचार संस्था एएफपीलाई भने।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार