• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । 

 

तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटना भएको हो । रावतबाहेक अरु दुई जना वरिष्ठ अधिकारी पनि हेलिकप्टरमा सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । 

 

जनरल विपिन रावतको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन ।एजेन्सी  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार