• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

युक्रेन आक्रमणको त्रास : सीमा क्षेत्रमा सैन्य तनाव रोक्न रुसलाई अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनसँग सैन्य तनाव नबढाउन रुसलाई चेतावनी दिएका छन। गएराती रुसी राष्ट्रपति भ्लादिभिर पुटिनसँग भएको भर्चुअल वार्ताका क्रममा बाइडेनले युक्रेनको सीमा क्षेत्रमा सैन्य गतिविधि तत्काल बन्द गर्न भनेका हुन ।

 

पुटिनसँगको छलफलपछि जारी गरिएको प्रेस वक्तव्यमा ह्वाटहाउसले युक्रेनको सीमा क्षेत्रमा रुसले सैन्य गतिविधि बढाएको सन्दर्भमा अमेरिका र उसका युरोपेली साझेदारहरुको चासो राम्रोसँग व्यक्त गरिएको भन्दै आवश्यक परे आर्थिक र अन्य हिसावले कडा जवाफ दिने बताएको छ ।

 

भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको र ूबलियो आर्थिक तथा अन्य प्रतिक्रियाूको धम्की दिएको वासिङ्टनले जनाएको छ।पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ।


रुसी समाचार संस्था टासका अनुसार विगतमा स्थापना गरिए पनि प्रयोग भने नगरिएको एक सुरक्षित भिडिओ लिङ्कमार्फत् बाइडन र पुटिनबीच कुराकानी भएको थियो।एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार