• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

बसन्त पराजुलीको कथासंग्रह 'मोम्चो' बजारमा

काठमाडौं । लेखक तथा पत्रकार वसन्त पराजुलीको कथासंग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ । एक वर्षअघि वसन्तको पहिलो कथासंग्रह ‘कुमाता’ बजारमा आएको थियो । 

 

 सोही कृतिबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको मोम्चो दोस्रो कथासंग्रह हो ।मोम्चो चेपाङ भाषाको शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला भन्ने हुन्छ ।

 

‘मोम्चो’मा विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नुपरेका समस्यामा केन्द्रित कथाहरू समावेस छन ।

 

 भुँडी पुराण प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको उक्त कृतिमा ११ वटा कथाहरू समेटिएका छन  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार