• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

अब कांग्रेस पार्टी नसुध्रिए पार्टी नै सकिन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अव पनि कांग्रेस पार्टी नसुध्रिए पार्टी नै सकिने बताएका छन् ।

 

मंगलबार काठमाडौंमा शंकर तिवारी लिखित कसले सुधार्छ कांग्रेस ? नामक पुस्तक बिमोचन गर्दै थापाले कांग्रेसलाई बलियो बनाएर कांग्रेसलाई सुधार्नुपर्ने भन्दै कांग्रेस पार्टी नसुधिए सकिने बताएका हुन।

 

उनले कांग्रेसको अस्थीत्व नभए नागरिकको अधिकार पनि कायम नरहने तर्क गरे। थापाले ९ लाख प्रतिनिधिले काग्रेस बाहेकका व्यक्तिलाई पनि पार्टीमा समावेश गराउन सक्नुपर्ने धारणा राखे ।

 

थापाले १४ औं महाधिवेशन नेतृत्व छनोटका लागि मात्रै भएको भन्दै नीति महाधिवेशन पछि मात्रै हुने जिकिर गरे । उनले पार्टीसंगको आवद्धता थापाले निर्वाचन मात्र हो भन्ने चिन्तनबाट बाहिर निस्कनुपर्ने उल्लेख पनि गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार