• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

‘आजसम्म नाडालाई राजनीतिले छोएको छैन’

चुनाव कत्तिको लागेको छ ? 
चुनाव एकदमै लागेको छ । 

 

कार्यसमीति सदस्यमा उठ्दै हुनुहुन्छ, तयरी कस्तो हुँदैछ ? 
राम्रो छ । मतदाताहरुसँग भेटघाट गरिरहेको छु । पर्सी २३ गतेको तयारीमा जुटेको छु। अब हेरौं के हुन्छ। 
 
चुनावमा जीत–हार हुनु भनेको स्वभाविक कुरा हो ? प्रचारप्रसार कस्तो हुँदैछ ? सर्वसम्मत पनि हुनसक्छ कि ? 
यसपटक सर्वसम्मत भएन । दुबैतर्फबाट नोमिनेशन आएको छ । प्रचार प्रसार भनेको यस्तो हो, नाडाको चुनावमा प्रचारप्रसार खासै हुँदैन । तर अब यस्तो खालको थिती सिर्जना हुन थाल्यो, प्रचारप्रसार गर्न पर्ने, भोट माग्दै हिड्नुपर्ने अवस्था सिर्जना हुँदैछ । संस्था ठूलो हुँदै गयो त्यसले गर्दा पनि अलि अलि नजिकका मान्छेहरुसँग भोट माग्ने र अर्कोकुरा सामाजिक सञ्जालहरुमा अलि बढि प्रमोशन गर्ने हो। 

 

नाडामा तपाईको उम्मेदवारी किन ?
अटो मोबाइल व्यवसायीहरुको छाता संगठन नाडालाई बिशेष किसिमले बुझ्न जरुरी छ। नाडा इन्पोटरहरूको मात्र संस्था होइन। यसलाई मान्छेहरुले बुझ्दा धनी वर्गहरुको संस्था भन्छन। नाडामा सबै वर्गका सवारीसाधन, चार पांङग्रे, दुई पांङग्रे सवारीसाधन, टायर, ट्युब, लुब्रिकेन्ट लगाएत यी सबै किसिमका अटोमोबाइलमा लाग्ने अटोमोबाइल भित्र पर्ने जति पनि व्यवसायहरु छन् ती सबै व्यवसाय र व्यवसायीहरुको नाडा साझा संस्था हो । त्यसैले म पनि एउटा अटोमोबाइलको व्यवसायीको हिसाबले नाडामा लागेको हुँ। सामाजिक छवी बनाउने सोच बनाए। यसैले पनि अटोमोबाइल व्यवसायीहरुको हकहितको लागि काम गर्ने संस्थाको एउटा सदस्य भएर अघि बढिरहँदा त्यस किसिमको मौका पाउँदै गए र सबैले बिश्वास गर्दै जानुभयो । साधारण सदस्यबाट मैले दुईपटकसम्म कार्यसमिती पदाधिकारीको सचिवमा बसेर काम गरे । त्यसले गर्दा अब अझ माथी उक्लिने हो। मान्छेको चाहना रोकिने होइन । माथी उठ्दै जाने हो । सबैको चाहना त्यहि हुँदोरहेछ । त्यसैले पनि मेरो उम्मेदवारी कि हो भने अब साना व्यवसायीहरुको पनि म जस्तो एउटा साना मझौला व्यवसायीहरुको पनि उपस्थीति छ भन्ने पनि हो र त्यसले केही नबोले केही नबोले पनि के भइरहेको छ त, डिलरहरुको अवस्था कस्तो छ, साना–साना व्यवसायीहरुलाई सरकारको तर्फबाट कस्तो किसिमको  असहयोग छ । यी सबै कुराहरुमा आवाज उठाउने भनेको नै साना व्यवसायीले नै हो । यसैले पनि उहाँहरुको आवाजलाई माथीसम्म पुर्‍याउनको लागि पनि हामी जस्तो व्यवसायीको त्यहाँ आवश्यक्ता हुन्छ । त्यो आवश्यक गरेर नै मैले दुई कार्यकाल सचिवमा आफुले गर्न सकेको र मलाई जिम्मेवारी दिएको काम आफुले पुर्णरुपमा गरेको छु । अब अगाडी बढ्दै जाऔं जुन एउटा चाहना पनि हो र जरुरत पनि ठानेर मैले मेरो उम्मेदवारी दिएको हो । 

नाडाको चुनावमा राजनीति कत्तिको हावी हुन्छ ? 
आजसम्म, नाडालाई राजनीतिले छोएको छैन । त्यो स्पष्ट भन्नुपर्छ । कुनैपनि प्यानल भएपनि अवथा भनौ दुईतर्फको प्यानल भएपनि राजनीति प्यानलले चाँही छोएको छैन। 

 

यहाँ पनि दुईवटा समूह छ, कतिको प्रतिष्पर्धा छ ? 
यहाँ दुईवटा प्यानल छ । एउटा करण चौधरी समुह र अर्को ध्रुवचन्द्र थापा समूह । म करण चौधारी समूहको उम्मेदवार हुँ । जसमा १७ जना हुनुहुन्छ । अर्को प्यानलमा पनि १७ जना नै हुनुहुन्छ। त्यसले गर्दा यसमा राम्रो प्रतिस्पर्धा छ । यसमा ढुक्क भएर बस्ने अवस्था छैन । हाम्रो काम कोशिस गर्ने हो । अहिलेसम्म गरेको कामको मुल्यांकन साथीहरुले गर्ने हो र गर्नुहुन्छ होला । मलाई बिश्वास छ। 

 

तपाईले जीतेपछि के के गर्ने योजना छ ? 
सबैभन्दा पहिला कुरा हामीले सातै प्रदेशमा नाडालाई पुर्‍याएका छौं। सातै प्रदेशमा नाडाको उपस्थीति। अटोमोबाइलहरुको संगठनहरुको स्थापना गर्नु महत्वपुर्ण कुरा हो। हरेक क्षेत्रमा आ–आफनै किसिमको भौगोलिक, सामाजिक परिवेशहरु हुन्छ । त्यसमा नाडाले अटोमोबाइलहरुलाई गर्नुपर्ने कस्ता किसिमका आवश्यकताहरु हुन्छ । त्यो संस्थाहरुलाई अझ माथी उठाउनका लागि के गर्दा राम्रो हुन्छ । यी सबै कुराहरुको योजना बनाउनुपर्ने छ । अघिल्लो दुईवर्ष कोभिडको समयमा पनि नाडाले के गर्‍यो भने नाडालाई कम्तिमा सातवटै प्रदेशमा पुर्‍याएर एउटा सोह्द्रपुर्ण सम्बन्ध बिस्तार गरेका छौं । नाडा सांगठनिक रुपमा बिस्तार भयो । यो आवश्यकता भएको कुरा हो तर सरकारले यसलाई लक्जरीको रुपमा राखेको छ । दुई पांग्रे सवारीसाधन कसरी लक्जरी हुन्छ । अहिले मोटरसाइकल, स्कुटर बिना कुन व्यवसायी चल्छ । सवारीसाधन अब अत्यआवश्यक भईसेक । यो बिना कसरी मान्छेहरुको जीवनशैली चल्न सक्छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार