• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

काँग्रेस १४औँ महाधिवेशन : काठमाडौँमा १० हजार झन्डा राख्ने तयारी

काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौँमा मात्रै करिब १० हजार पार्टीका झन्डा र चुनाव चिन्ह रुख अङ्कित झन्डा सडकका पोलमा राख्ने तयारी भएको छ ।

 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झन्डा हस्तान्तरण गरी महाधिवेशन स्थल भृकुटीमण्डपबाट पोलमा झन्डा लगाउने अभियानको प्रारम्भ गरेका हुन् ।  सडकका पोलहरुमा झन्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य प्रारम्भ गरेको उनले जानकारी दिए ।

 

स्वागतद्वार तथा श्रङ्गारको जिम्मेवारी पाएका काँग्रेस काठमाडौँका सचिव गोविन्द पुडासैनी संयोजकत्वको उपसमितिले कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगन्ज, बल्खु, बालाजु क्षेत्रमा ठुला १४ स्वागतद्वार बनाउन सुरु गरेको छ ।

 

काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको भने १६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको गरेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन्  ।

 

काँग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदै छ ।विदेशस्थित जनसम्पर्क समितिबाट गरी करिब चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने काँग्रेसले जनाएको छ ।

 

काँग्रेसका क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ४० हजार १०५ छन् । त्यसमध्ये ६ लाख ४४ हजार ५६४ पुरुष, एक लाख ९५ हजार ३७२ महिला र १६९ अन्य रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार