• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

३१५ जनामा कोरोना संक्रमण पुष्टि,२ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

११ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर व २७२ तथा एन्टिजेन विधिबाट ४३ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

 

कोरोनाबाट  देशभर ३ सय ४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । 

 


यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार