• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

बैतडी जिप दुर्घटना : ५ जनाको मृत्यु , ५ जना घाइते

बैतडी । बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थलीमा दुर्घटनामा परेको हो ।

 

बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार खोलामा सोमबार साँझ  दुर्घटना भएको थियो ।

 

 इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, राजेश शाहीका अनुसार दुर्घटना परि मृत्यु हुनेहरुमा पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद बिक, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुृलेका २४ वर्षीया प्रेम चुनारा र २० वर्षीया मनिषा बिक रहेका छन । 

 

पाटन नगरपालिकाका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दिपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द बिक घाइते भएका छन् । जीपमा चालकसहित ११ जना सवार रहेका थिए ।


दुर्घटनाग्रस्त जीप सडकबाट एक सय मिटर तल खसेको छ भने चालक फरार रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार