• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

महासंघ उपाध्यक्ष बाला अधिकारीद्वारा पदबाट राजिनामा, पार्टी राजनितिमा सक्रिय हुदैं

काठमाडौ । नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पुर्णरुपले पार्टी राजनितीमा लाग्नको लागि महासंघको पदबाट राजिनामा दिने बताएकी  छन ।


 पार्टी राजनीतिमा सक्रिय हुने भन्दै उपाध्यक्ष अधिकारीले सोमबार साँझ सामाजिक सञ्जालमार्फत आफू महासंघको नेतृत्वमा नबस्ने घोषणा गरेकी हुन् । महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेकि बाला अधिकारी नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा गृह जिल्ला ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधि भएपछि केन्द्रीय सदस्य उठ्ने तयारी गरेकी छन ।

 

‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको विधान,आचारसंहिताको पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाइ हेक्का छ,’ अधिकारीले लेखेकी छन्, ‘नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर महासंघको नेतृत्वमा पुर्‍याउनुहुने सम्पूर्ण मतदाताहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार