• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन २ जनामा पुष्टि

  काठमाडौं । नेपालमा  पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

 

अधिकारीका अनुसार एक जना विदेशी नागरिक र उनको सम्पर्ककमा रहेका अर्का नेपालीमा संक्रमण देखिएको हो । ६६ वर्षीय विदेशी नागरिक र ७१ नेपालीलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

 

 

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ ।कोरोना भाइरसको खोप लगाएका उनीहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार