• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

२६५ जनामा कोरोना संक्रमण पुष्टि,२ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण गर्दा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

कोरोनाबाट  देशभर ३ सय ५६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ४ हजार ५४५ पुगेको छ ।

 


यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  काठमाडौंमा ७९, ललितपुरमा २३ र भक्तपुरमा १० जना संक्रमित थपिएका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार