• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

लुम्बिनी विकास बैंकको एकै साथ थप नयाँ पाँच शाखा कार्यालयहरुको उद्घाटन

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा  रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले २०७८ मंसिर १९ गते देखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ ।

 

नयाँ खोलिएका शाखाहरुमा ७३ औँ शाखाको रुपमा काठमाडौं जिल्ला वडा नं. ६ नयाँबानेश्वर चोक स्थित नयाँ बानेश्वर शाखा काठमाडौं,७४औँ शाखाको रुपमा रुपन्देही जिल्ला,तिलोत्तमा नगरपालिका वडा नं.५  स्थित मणिग्राम शाखा रुपन्देही,७५औँ शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ४,बर्दघाट शाखा नवलपरासी, ७६औँ शाखाको रुपमा दाङ्ग जिल्ला घोराही उप –महानगरपालिका वडा नं. १५ बि.पि.चोक स्थित घोराही शाखा दाङ्ग र७७ औँ शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ साझाचोक स्थित कोहलपुर शाखारहेका छन् ।

 


यस बिकास बैंकको नयाँबानेश्वर शाखाको उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा उदघाटन गरे । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उप – प्रमुखमाया देवी पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्त रुपमा ष्रेका हुन ।

 

मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुखकार्यकारी अधिकृ नरेश सिहं बोहराले सयुंक्त रुपमा गरे । घोराही शाखाको उद्घाटन घोराही उप – महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीर बैंकका सञ्चालकहरु प्रताप कुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गरे ।

 

साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्त रुपमा गरे ।हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरुमार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ ।

 

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार