• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

सर्वाधिक विक्री भएको पुस्तक नेपालीमा अनुवाद

काठमाडौं । नेपालीमा अनुवाद गरिएको पुस्तक ‘जिउनुको मज्जा’ विमोचन भएको छ ।  विश्वमा खुशी मानवको रूपमा चिनिएको योङ् गे मिङ् ग्युर रिन्पोछेको प्रसिद्ध पुस्तक ‘द ज्वे अफ लिभिङ’को नेपाली अनुवाद काठमाडौंमा एक कार्यक्रमका बीच  सार्वजनिक भएको छ ।

 

कार्यक्रममा रिन्पोछेले ध्यानको तरिका सिकाउँदै चेतनालाई सधैँ जाग्रित राखेर क्लेशमुक्त हुनसक्ने बताए । प्रसिद्ध गायिका आनी छोइङ डोल्माले खुसी हुने ज्ञानको लागि पुस्तक सहायक बन्नसक्ने बताइन ।

 

‘द ज्वे अफ लिभिङ’ न्यूयोर्क टाइम्सको सर्वाधिक विक्री भएको पुस्तक हो । बुक हिलले प्रकाशन पुस्तकलाई डा।सरोज धितालले नेपाली अनुवाद गरेका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार