• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

नयाँ पुस्ता

बा–आमाका सपनाका छोराछोरी कस्ता ?
सेवा भावमा प्रतिवद्ध श्रवण कुमार जस्ता 

 

सम्मानको संस्कारलाई मनै देखी मान्ने
माता–पिता साहाराको जिम्मेवारी ठान्ने 

 

तर समाज उल्टो हिड्छ समयको चालले 
बा–आमालाई अलग्याउने सोचाइको जालले

 

बुढ्यौलीका रहर डुव्छन एकैसाथ बस्ने
छोराछोरी सल्लाह दिन्छन वृद्धाश्रम पस्ने 

 

छोरो भन्छ सुुविधा छ उतै बस्नु राम्रो
बुुहारी भन्छिन कामै कामले फुर्सद छैन हाम्रो

 

दुवै भन्छन कठिन छ घर गरि खान
भन्छन कुरा बुझिदेउ अन्य थान मान


वृद्धाश्रममा पाइन्छन रे गफ गर्ने साथी
हुन्छन अरे बिचार मिल्ने एकनासे सङ्गती

 

संस्कारको भावनामा बदलियो रङ्ग 
टाडा भयो नयाँ पुस्ता परम्परा संग 

 

हराउँदै गो महत्वको मातातीर्थे दिन
भावी पुस्ता सायद सोध्लान कुुशेऔँसी किन?

 

नवदलेको कुरा केवल सम्पतीको हक
त्यसमा भने तेरो मेरो सबै छन् निर्धक्क ।।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार