• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

फलफूल र तरकारीको विषादी परीक्षण सात ठाउँबाट

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाहिरी मुलुकबाट आयात हुने मुख्य सात नाकाबाट तरकारी तथा फलफूलको विषादी परीक्षण सुरु गरेको छ । विभागले आयातित तरकारीमा जीवनाशक विषादीको अवशेष कति छ भनेर विभिन्न सात ठाउँबाट परीक्षण सुरु गरेको हो ।


यसअघि केन्द्रीय कृषि प्रयोगशालाबाट मात्रै परीक्षण भइरहेको आयातित तरकारी तथा फलफूल अब भने खाद्य प्रविधिले पनि परीक्षण सुरु गरेको हो । विभागका अनुसार काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा विभागअन्तर्गतका कार्यालयबाट परीक्षण सुरु गरिएको छ ।

 

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले आयातित तरकारी तथा फलफूलमा विषादीको मात्र के छ भनेर परीक्षण सुरु गरिएको जानकारी दिए । अहिलेसम्म ६ हजार नमुना परीक्षण गर्दा ७-८ वटा नमुना कैफियत पाइएको उनले जानकारी दिए । विभागका अनुसार, परीक्षणको क्रममा एक-दुई ट्रक तरकारी-फलफूल होल्ड गरिएको छ । नमुनाको कम्पाइल गर्ने नभइसकेकाले के के मा कैफियत भेटियो भनेर भन्न नसकिने उनको भनाइ छ ।

 

विषादीको प्रयोग गर्दा ध्यान नदिने, धेरैपटक विषादी हाल्ने, विषादीको डोज बढी प्रयोग गर्दा इनिमेसन रेट बढ्छ । ३५ प्रतिशतसम्मलाई हरियो, ३५ देखि ४५ प्रतिशतलाई पहेंलो र ४५ भन्दा माथिलाई रातो नम्बरको संकेतसमेत दिइएको छ ।

 

बढी विषादी प्रयोग भएको तरकारीले तत्काल टाउको दुख्ने, वाकवाकी लाग्ने, हात कम्पन हुने, बेहोस हुनेलगायतका समस्या आउँछ । दीर्घकालीन रूपमा क्यान्सर, हातखुट्टा लुलो हुने, गर्भ तुहिने, कलेजोको खराबी, एलर्जीलगायतका समस्या हुनसक्ने जानकार बताउँछन् ।कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार